Section 12
सजाय :

यस ऐन बमोजिम नेपाल सरकारको कब्जामा रहेको वा दफा ५ बमोजिम जिम्मेवारीको कागज भएको कुनै प्राचीन स्मारकको सम्बन्धमा वा कुनै पुरातात्विक
वस्तुको सम्बन्धमा देहायको कुनै काम गरेमा देहायबमोजिम सजाय हुनेछ :

(क) कुनै प्राचीन स्मारकलाई नष्ट गरेमा, भत्काएमा, हटाएमा, परिवर्तन गरेमा, विरूप पारेमा वा चोरी गरेमा  त्यस्तो प्राचीन स्मारकको बिगो बमोजिम रकम असूल उपर गरी पच्चीस हजार रूपैयाँदेखि एकलाख रूपैयाँसम्म जरिवाना वा पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद वा दुबै सजाय,

(ख) कुनै प्राचीन स्मारकलाई अनाधिकृत काममा लगाएमा वा अरू कुनै किसिमसँग हानी नोक्सानी पु¥याएमा त्यस्तो प्राचीन स्मारकको विगो बमोजिमको रकम असुल उपर गरी पच्चीस हजार रूपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुबै सजाय हुनेछ ।

(ग) कुनै पुरातात्विक वस्तलाई नष्ट गरेमा भत्काएमा, विरूप पारेमा, चोरी गरेमा वा अनधिकृत रूपमा हटाएमा वा परिवर्तन गरेमा वा कुनै किसिमले हानी नोक्सानी गरेमा त्यस्तो पुरातात्विक वस्तुको बिगो बमोजिमको रकम असुल उपर गरी पाँच हजार रूपैयाँदेखि एकलाख रूपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुबै सजाय हुनेछ ।